कलाकार दिपकराज गिरी गायिकद्दय एलिना चौहान र समिक्षा अधिकारीको पक्षमा खुलेका छन् ।
आफ्नो बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूको तस्विर र नाम सार्बजनिक गरिरहेका गायिकद्दय चौहान र अधिकारीको पक्षमा दिपकराज खुलेका हुन् ।
उनीहरूको यो अभियानले राम्रो सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा गाली गलौंज गर्ने, अश्लिल कमेन्ट गर्नेबिरूद्द एकजुट भएर सामाना गर्नु पर्ने पनि गिरीले खुलाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,
यी दुइटै गायीका मलाइ मन पर्ने गायीका हुन् !
त्यो मध्य पनि समिक्षाको त म गायकी को मात्रै होइन सूरूदेखि उनको साहसको पनि प्रसंसक हूँ !
सानो उमेरमा नै उनि माथि जुन बज्रपात पर्यो त्यो ठॉउमा जो कोही भएपनि टिक्न सक्दैनथ्यो होला तर
उनिले परिस्थितिसँग घूडाँ टेकिनन र लड्दै आइन
त्यस्कै फलस्वरूप आज यहाँ पुगिन् !
सामाजिक संजाल कस्तो छ ?
आफूले समाजको लागि ,परिवारको लागि राष्ट्रको लागि दुइ कौडिको काम नगर्ने , तर जो काम गर्नेहरू छन् तिनिहरू लाइ नैतिकता सिकाउने, गालि गलौच गर्ने , तं यस्तो, त उस्तो भनेर अभद्रता देखाउने , चरित्र माथि औला उठाउने ! यस्तै चलिआएको छ ‘।
पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार ,पेशाकर्मी सबै नैतिकताहिन, चरित्र खराब,
देशमा सबै अज्ञानि आफू मात्रै साधु सन्त ज्ञानि ‘।
आफूले समाज र राष्ट्रको लागि सिन्को नभॉच्ने
देशै खतम, नेतै खतम,केहि गर्न सकिन्न यॉहा , भन्ने जतिबेला फ्रष्टेटेड कुरा गर्ने , अनि गॉउ देखि आएर संघर्ष गरेर , भोकभोकै बसेर संघर्ष गरेर , हिम्मत नहारेर आफूलाइ स्थापित गरेकाहरूलाइ चाहि
गाली गलौच गर्यो अनेकथरि लान्छना लगायो बस्यो !
यो ठॉउमा जस्ले जति गालि गर्न सक्यो त्यो हिरो
चूपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहि खलनायकरु
ब्यक्तिगत जीवनमा कस्को तलमाथि हुन्न र ?
को चाहन्छ खराब होस, तर भैदिन सक्छ कहिलेकाँही !
को छ यहॉ कमजोरी बिहिन मान्छे र ?
एउटै पेशामा भएका प्रतिष्पर्धीहरूकै संग्लग्नतामा पनि यस्ता गालि किन्ने र बेच्ने काम भैरहेको अबस्था छ !
यस्ता उत्श्रृखलता बिरूद्द साइवरमा गयो कानून नै कमजोर, ठूला नेतालाइ गालि गर्यो भने समातेर तु कारबाहि सूरू गरिहाल्ने तर अन्य मानिसहरूलाइ गरिएको गालि गलौचको त रिपोर्ट भए पनि कस्ले सुन्नेरु सुने पनि बर्षौ लाग्ने, त्यसकै पछि लागिरहने फूर्सद कॉहा पाउनु फेरी ?
यस्तो जटिल परिस्थितिमा, आफू माथि खनिने त्यस्ता सामाजिक संजालका फूर्सदिला गालि सम्राटहरूलाइ
तिमिहरूले सामाजिक सञ्जालमै उनिहरूका हर्कत उदॉगो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनिए छ ! दूबै जनालाइ शुभकामना !
जय नेपाल !!!