अनुपम खेर आफ्नो फिल्म ‘तन्वी द ग्रेट’ लाई लिएर लामो समयदेखि चर्चामा छन् तर यो उनको निर्देशनमा बनेको पहिलो फिल्म हो । यो फिल्म उनको ड्रिम प्रोजेक्टको हिस्सा हो । चलचित्रको ट्रेलर जुन ३० मा रिलिज भइसकेको छ ।
यस कार्यक्रममा अनुपम खेरले फिल्मको बारेमा धेरै कुरा गरेका छन् । साथै, यस फिल्मका बारेमा धेरै आश्चर्यजनक खुलासा पनि गरेका छन् । उनले ‘तन्वी द ग्रेट’को कथाको प्रेरणाको बारेमा पनि बताए ।
अनुपम खेरको ड्रीम प्रोजेक्ट ‘तन्वी द ग्रेट’ जुलाई १८ मा थिएटरमा प्रर्दशन हुँदैछ। यो फिल्म एक गायिकाको हो र आफ्नो बहादुर बुबाको अधुरो सपना पूरा गर्न भारतीय सेनामा भर्ती हुन चाहने केटीको बारेमा हो।
तर, तन्वीको यो पात्र अटिजम डिसअर्डरको सिकार छिन् । ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेताले फिल्मको मुख्य पात्रको बारेमा कुरा गरेका छन्, जसमा उनले ‘तन्वी द ग्रेट’ आफ्नै भान्जीको कथा भएको बताएका छन् ।
अनुपम खेरले भने, ‘तन्वी मेरो भान्जीको कथा हो, यो आइडिया १३ वर्षकी हुँदा आएको थियो र उनी अहिले १७ वर्षकी भइन् ।’ अब ५ वर्षको प्रतिक्षा पछि अभिनेताले यो कथालाई चलचित्रमा ल्याएका छन् । अभिनेताको यो खुलासाले चलचित्रलाई थप रोचक बनाएको छ ।
यो फिल्म कान्स फिल्म फेस्टिभलमा देखाइएको थियो, जहाँ यसले मानिसहरूबाट धेरै प्रशंसा पाएको थियो। फिल्ममा शुभांगी तन्वीको भूमिकामा छिन् । शुभांगी अनुपम खेरको एक्टिंग स्कूलबाट छनोट भएकी हुन् ।
यस फिल्ममा ज्याकी श्राफ, बोमन इरानी, करण ट्याकर, पल्लवी जोशीलगायतका धेरै ठूला कलाकारहरू समावेश रहेका छन् । अभिनेताका फ्यानहरु यो फिल्मलाई लिएर निकै उत्साहित छन् र फिल्मको रिलिजको पनि उत्सुकताका साथ पर्खाइमा रहेका छन् । फिल्म निर्देशन र निर्माणका साथै अनुपम खेरले यसमा कर्णेल प्रताप रैनाको भूमिका पनि निभाएका छन् ।