काठमाडौं— नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।
बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई ८ मतले पराजित गर्दै बानियाँ दलको नेतामा निर्वाचित भएका हुन् । बानियाँले २२ मत प्राप्त गर्दा मुख्यमन्त्रीसमेत रहेका लामाले १४ मत पाएको सांसद श्रीराम लामिछानेले शिलापत्रलाई जानकारी दिए ।
उनका अनुसार, १ मत भने बदर भएको छ । यसअघि २०७९ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि १३ पुस २०७९ मा लामा र बानियाँबीच नै प्रतिस्पर्धा भएको थियो । त्यतिबेला लामा २१ मतका साथ संसदीय दलको नेतामा निर्वाचित हुँदा बानियाँले १६ मत पाएका थिए ।
तर, साढे २ वर्षपछि बानियाँले संसदीय दलमा आफ्नो पक्षमा बहुमत पुर्याएका हुन् ।