मेष
पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ। व्यवसाय र अध्ययनमा अपेक्षाकृत मध्यम लाभ प्राप्त हुनेछ।
वृष
आत्मबल र आत्मविश्वास उच्च रहने समय छ। नयाँ कार्य तथा अध्ययनमा उल्लेखनीय सफलता प्राप्त हुने सम्भावना छ।
मिथुन
स्वास्थ्यमा कमजोरी र खर्चमा वृद्धि हुन सक्छ। अनावश्यक विवाद वा तनावपूर्ण परिस्थितिबाट टाढा रहनु हितकर हुनेछ।
कर्कट
रोकिएको धन प्राप्त हुने सम्भावना छ। आयस्रोतमा वृद्धि र स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक समय रमणीय बन्नेछ।
सिंह
पेशागत क्षेत्रमा सफलता र नयाँ अवसरको सुरुवात हुनेछ। मानसिक बोझ घट्नेछ र आर्थिक सबलता प्राप्त हुने समय छ।
कन्या
सामाजिक तथा धार्मिक कार्यमा सफल परिणाम मिल्नेछ। स्वास्थ्य र आर्थिक अवस्था सामान्य रहला। अध्ययनमा अतिरिक्त ध्यान दिनु उपयुक्त हुनेछ।
तुला
मन अशान्त रहन सक्छ। खर्च बढ्ने र विवाद उत्पन्न हुने सम्भावना छ। चोटपटक वा दुर्घटनाबाट बच्न सतर्कता आवश्यक हुनेछ।
वृश्चिक
सम्बन्धमा सुधार आउनेछ। साझेदारीमा गरिएका कार्य लाभदायी बन्नेछन्। व्यवसाय र अध्ययन दुवै क्षेत्रमा प्रगति हुने सम्भावना छ।
धनु
सानो प्रयासबाट ठूलो उपलब्धि प्राप्त हुनेछ। आर्थिक लाभसँगै आत्मविश्वास र उत्साहमा वृद्धि हुनेछ।
मकर
रमाइलो यात्राको अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोग र पारिवारिक समर्थन मिल्नेछ। बौद्धिक क्षमतामा वृद्धि हुनेछ।
कुम्भ
तनाव र खर्च बढ्ने देखिन्छ। अनावश्यक यात्राबाट जोगिनुहोस् र अध्ययनतर्फ बढी ध्यान केन्द्रित गर्नु उपयुक्त हुनेछ।
मीन
मानसम्मान र सामाजिक प्रतिष्ठा वृद्धि हुने दिन छ। प्रशासनिक कार्य सफलतापूर्वक सम्पन्न हुनेछ।