काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानमा छिटपुट वर्षा भइरहेको छ।
दिउँसो देशभर साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका केहि स्थानमा स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।