काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीसँग भेट भएलगत्तै बुधबार उनले अध्यादेश जारी गरेका हुन्। जेनजी मतदातालाई सहभागी गराउनका लागि मतदाता नामावलीमा नाम लेखाउने अवसरका लागि मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश सिफारिस भएको थियो।

उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।