काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशको केही तथा कोशी, मधेस र लुम्बिनी प्रदेशको थोरै स्थानहरू तथा कर्णाली प्रदेशको केहि स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका केहि स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागको केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।