काठमाडौं— इलन मस्क पाँच खर्ब अमेरिकी डलर सम्पत्ति हुने इतिहासको पहिलो व्यक्ति बनेका छन्। टेस्ला कम्पनीको शेयरमा भएको उच्च वृद्धिसँगै १ अक्टोबरमा मस्कको सम्पत्ति ५ खर्ब अमेरकी डलर पुगेको रोयर्टसले जनाएको छ।
टेस्ला मात्रै नभएर उनको स्पेस एक्स, एक्स एआईसहितको कम्पनीको मूल्य पनि बढेपछि मस्कको नाममा यस्तो इतिहास बनेको हो।
मस्कपछि दोस्रो स्थानमा ओरेकल सह(संस्थापक ल्यारी इलिसन छन्। दुवैबीचको सम्पत्ति अन्तर १ खर्ब ५० अर्ब डलर छ। सन् २०२५ मा मात्रै टेस्लाको शेयरमा १४ प्रतिशतले वृद्धि भएको छ। एकैदिन टेस्लाको शेयर ४ प्रतिशतले बढे पछि मस्कको सम्पत्ति ५ खर्ब अमेरिकी डलर पुगेको हो।
पछिल्लो पाँच वर्षमा मस्कको सम्पत्तिमा तीव्र वृद्धि देखिएको छ। २०२० को मार्चमा मस्कको सम्पत्ति २४ अर्ब ६० करोड अमेरिकी डलर थियो। सन् २०२० को अन्त्यसम्म पुग्दा उनको सम्पत्ति १ खर्ब पुगेको थियो भने २०२१ मा २ खर्ब र २०२४ मा ४ अर्ब अमेरिकी डलर हुँदै अहिले ५ खर्ब अमेरिकी डलर पुगेको हो।