काठमाण्डौ । अविरल वर्षा र पहिरोका कारण देशका २ प्रमुख प्रदेश, कोशी र बागमतीअन्तर्गत मुख्य राजमार्गहरू ४ स्थानमा पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
कोशी प्रदेशको संखुवासभा जिल्लामा अविरल वर्षाका कारण २ स्थानमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटखोला गाउँपालिका-४ बरुणमा जेठ ६ गतेदेखि नै कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । मकालु गाउँपालिका-३, एकुवामा भदौ १५ गतेदेखि नै कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बागमती प्रदेशको रसुवा जिल्ला पनि बाढी र पहिरोको चपेटामा परेको छ, जसले गर्दा महत्त्वपूर्ण सडक खण्डहरू अवरुद्ध भएका छन् । गोसाइँकुण्ड गाउँपालिका-२ (नेपाल र चीन नाका जोड्ने पुल) असार २४ गतेको बाढीका कारण नेपाल र चीन जोड्ने यो महत्त्वपूर्ण पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गोसाइँकुण्ड गाउाँपालिका-२ (पासाङ ल्हामु सडक खण्डमा सडक) असोज असार १६ गतेदेखि गएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक खुलाउनका लागि सम्बन्धित निकायहरूले प्रयास गरिरहेका नेपाल प्रहरीले जनाएको छ ।