बिर्तामोड । झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
बिहीबार बिहान ९:३० बजे बिर्तामोड-६ स्थित बुट्टाबारीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट ५ मिटर तल खस्दा २ जनाले ज्यान गुमाएका हुन्। दुर्घटनामा १३ जना घाइते भएका छन्।
ज्यान गुमाउनेमा सुनसरी, इटहरी उपमहानगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङ, रंगेली नगरपालिका–२ का ४२ वर्षीय बस कन्डक्टर राजकुमार चौधरी रहेका छन्।
घाइते हुनेमा इटहरी–११ का गुलसनराज शर्मा, उनकी श्रीमती ३६ अंकिता शर्मा, ६ वर्षीया छोरी मनसुइ शर्मा र बिनु शर्मा छन्। प्रहरीका अनुसार मनसुइ र बिनुको टाउकोमा चोट लागेको छ।
मोरङको विराटनगर–२ का सहचालक सोमकुमार भुजेल, पाँचथर कुम्मायक–६ की गंगा लिम्बू, झापा कमल–७ का लोजिहाङ लावती, सुहाना लिम्बू र मेङ्सो लिम्बू पनि घाइते भएका छन्।
विराटनगर–१ की अनुषा भट्टराई, मञ्जु खतिवडा, झापा दमक–१ की राधिका खतिवडा र ताप्लेजुङ, फाक्तालुङ–१ का राकेश लिम्बू छन्।