काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग लगायत मधेश प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भू-भागहरू र मधेस प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराइ, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राती देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग र मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश,मधेस प्रदेश,बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको केहि स्थानमा भारी वर्षाको पनि सम्भावना छ।