काठमाण्डौ  ।   अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा युवाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै “सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण यस्तो दुर्घटना भएको” टिप्पणी गरेकी छन्।

विजया दशमीको दिन शहीद परिवारसँग भेटघाटका क्रममा कार्कीले राज्यले मृतकलाई फर्काउन नसक्ने तर पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

उनले भनिन्, “दुःखद घटना भयो। बच्चाहरूले पढ्ने, रोजगारी पाउने व्यवस्था गर्नेबारे सोचिरहेका छौँ। उहाँहरूले ठूलो माग गर्नुभएको छैन। भएको नोक्सानी क्षतिपूर्ति त हुन सक्दैन तर राज्यले उठ्नलाई मद्दत गर्न सक्छ।”