काठमाण्डौ । सामाजिक अभियन्ता आशिका तामाङले सहयोगसम्बन्धी उठेका प्रश्नविरुद्ध कडा जवाफ दिएकी छन्।
उनले भनिन्, “पैसा पैसा पैसा! कहाँबाट ल्याइस? कसरी दिइस? जसले एक रुपैयाँ सहयोग गरेका छैनन्, उहाँहरूले हिसाब मागेको देख्दा छक्क छु म त! जसले सहयोग गरेको छ, उहाँहरूलाई मैले एक–एक रुपैयाँको हिसाब WhatsApp को माध्यमबाट दिएको छु। कस्तो सोच हो तपाईंहरूको? म भात खान्छु, पैसा होइन! जो घाइते भाइहरू र मृतक परिवारहरूलाई आवश्यक छ आर्थिक सहयोग, उहाँहरूलाई त्यताबाट हुन्छ कि उताबाट हुन्छ कि खोजेर सहयोग पुराइरहेको छु। तैपनि औंलामाथि किन उठाइरहनु हुन्छ? जसले गर्दा नि भो सहयोग मैले रोकेको छैन नि। अरुलाई आरोप लगाउनु अघि कृपया एक पटक सोच्ने गर्नुहोस् है।”
आशिका तामाङका अनुसार उनले सहायता प्रकाशन/हिसाबसम्बन्धी स्पष्टता दिएकी छन् र घाइते तथा मृतक परिवारप्रति जारी सहायतामा कुनै कमी नरहेको उल्लेख गरेकी छिन्।