काठमाडौं— अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न पाँच स्थानमा राजमार्ग अवरुद्ध हुँदा यातायात ठप्प छ । आज बिहानसम्म संखुवासभा, रसुवा र सिन्धुपाल्चोकका मुख्य सडक बन्द भएपछि नेपाल–चीन जोड्ने सीमा नाका समेत सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ ।
जसनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा कोशी राजमार्ग अवरुद्ध भएको छ । रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीले सडक बगाउँदा पासाङल्हामु राजमार्गमार्फत चीनसँगको सीमा नाका समेत ठप्प छ ।
त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलामा खसेको ठूलो पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास भइरहे पनि अविरल वर्षा नरोकिएकाले उद्धार तथा मर्मत कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।