काठमाण्डौ । काठमाडौं जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसमा शनिवार विहान करिब ५ बजे धनगढीबाट काठमाडौं जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा ३६ जना सामान्य घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेहरुको उपचारका लागि नजिकैको अस्पतालमा लगिएको र गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।