काठमाण्डौ। पछिल्लो पछिल्लो १२ घण्टादेखि मधेश र बागमती प्रदेशमा निरन्तर वर्षा भएपनि शनिबार दिउँसो र राति अत्याधिक वर्षाको हुने चेतावनी दिएका छन्।
त्रिभुवन विश्वविद्यालयकको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक बिनोद पोखरेलले आज दिउँसो र राति अझै ठूलो वर्षा हुने संभावनाको चेतावनी दिएका हुन्।
बिरगंजमा पछिल्लो १२ घण्टामा ८८ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी काठमाडौं उपत्यकामा सबैभन्दा गोदावरीमा ४९ मिलिमिटर वर्षा मापन गरिएको छ। रौतहटको गौरमा ६८ र बाराको निजगढमा ६७ र कलैयामा ७३ मिलिमिटर वर्षा भएको छ। पछिल्लो एक घण्टामा भने सिराहा, सप्तरी र उदयपुर क्षेत्रमा पानी परेको छ।