फिदिम । फिदिम नजिक तमोर नदी किनारमा भएको सवारी दुर्घटनाको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

दुर्घटनाको खबर प्राप्त भएपछि फिदिमस्थित नेपाली सेनाको टोली तत्काल उद्धारका लागि गएको प्रहरीले जनाएको छ। घटनास्थल फिदिम बजारबाट करिब २० किलोमिटर टाढा रहेको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार गाडी करिब पाँच सय मिटर तल खसेको थियो । पानी परिरहेको र उद्धारका लागि स्थानीय बासिन्दा पनि घटनास्थलतर्फ गइरहेको जनाइएको छ । 

पाँचथरका डिएसपी अनिश कुमार कर्णका अनुसार दुर्घटना स्थलतर्फ प्रहरीको टोली खटिई सकिएको छ ।