कैलाली । कैलालीको धनगढीमा पोखराका लागि छुटेको ना २ ख १९०७ नम्बरको यात्रुवहाक बस धनगढीको बोराडाँडीमा दुर्घटनामा परेको छ।
पैदलयात्रुलाई जोगाउने क्रममा अनियन्त्रित भएर बस दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले बताए।
बसमा १९ जना सवार रहेकोमा सात जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।