फिदिम । धरानबाट पाँचथरको फिदिम जाँदै गरेको बोलेरो जिप तमोर कोरिडोरको कात्तिके भन्ने स्थानमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। र ६ जना घाइते भएका छन्।

बोलेरो जिपमा कुल १२ जना यात्रु रहेकामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र ६ जना घाइते भएका छन् अरु १ जनाको खोजी भइरहेको छ। बोलेरो सडकबाट झन्डै पाँच सय मिटर तल खसेको जनाइएको छ ।

घाइते भएकामध्ये ५ जनालाई धरान र १ जनालाई फिदिममा उपचारका लागि पठाइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले बताएका छन ।

अहिले स्थानीय, प्रमुख जिल्ला अधिकारी पोखरेल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगी उद्धारको काम गरिरहेका छन् ।