काठमाण्डौ । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ।
सरकारले आइतबार र सोमबार बिदा दिएको हो। सरकारी कार्यालयहरू भोलि (आइतबार)देखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन।
विपद् व्यवस्थापन र अत्यावश्यक सेवा प्रवाह कार्यालय बाहेकलाई मात्रै यो सार्वजनिक बिदा दिएको मन्त्रालयले जनाएको छ ।