काठमाण्डौ  ।  शनिबार सुदन गुरुङ र मिराज ढुंगानाले गृहमन्त्री सङ्ग भेट गरि बिपतका बेला हिजो जस्तो लोकप्रियता कमाउनको लागि  हेलिकप्टर बाट नेता भिजिट गर्न फिल्ड जाने होइन,फास्ट ट्र्याकमा त्यो हेलिकप्टरमा  उद्दार टोली खटाउने हो भनेर सुझाब दिएका छन्। 

जेन जी अगुवा सुदन गुरुङ र मिराज ढुंगानाले अविरल वर्षाले ल्याएको संकटबीच जनताको उद्धारका लागि हेलिकप्टर तत्काल प्रयोग गर्न गृह मन्त्रालयमा पुगेर सरकारलाई आग्रह गरेका छन्। उनीहरूले उद्धार–राहतमा रत्तिभर ढिलाइ भए जनधनको क्षति बढ्ने चेतावनीसमेत दिएका छन्।

यसैबीच, अन्तरिम सरकारले देशभर रहेका सबै हेलिकप्टर उद्धार र राहतका लागि तैनाथ राख्न निर्देशन दिएको छ।