काठमाण्डौ । भक्तपुर भएर बहने हनुमन्ते खोलाकाे आसपासकाे बस्तीमा सतर्कता अपनाउन अनुराेध गरिएको छ।
अविरल वर्षापछि भक्तपुरको जगाति,हनुममानघाट, टुरिजम मार्केट, सल्लाघारी र राधेराधे हुँदै बहने हनुमन्ते खोलाको सतही तहमा पानी पुगेको छ।
प्रहरीले खोला क्षेत्रमा पानीको बहाव बढेको जनाएको छ। निरन्तर वर्षाले खोला छेउका बस्तीमा आज बेलुकासम्म प्रवेश गरी राति डुबान हुने सम्भावना उच्च रहेकाले प्रशासनले उच्च सतर्कता अपनाउन र पूर्वसावधानी अपनाउन अनुरोध गरेको छ।