काठमाण्डौ  ।  नेपाल विद्युत् प्राधिकरणले विद्युत् सेवा अवरुद्ध भए  हटलाइन नम्बर उपलब्ध गराएको  ११५० मा वा स्थानीय नो लाइट नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। देशका विभिन्न जिल्लामा अत्यधिक वर्षातपछि बाढी र पहिरोले व्यापक क्षति पुर्याएको छ।

सम्भावित प्रतिकूल अवस्थालाई मध्यनजर गरी विद्युतीय संरचनाहरुमा क्षति पु्ग्न नदिन र विद्युत् सेवा अवरुद्ध हुन गएमा यथाशीघ्र मर्मत गरिने प्राधिकरणले सुचना गरेको छ।