काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दालाई नजिकैका विद्यालयमा स्थानान्तरण गर्न थालेको हो।
महानगरको शिक्षा विभागले सबै विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
थली, बनेश्वर, कोटेश्वर र दोभान क्षेत्रका विद्यालयहरूलाई तत्कालीन आश्रयस्थलका रूपमा तयारी अवस्थामा राखिएको महानगरले जनाएको छ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न अनुरोध गरेका छन्। अविरल वर्षाका कारण नदी क्षेत्रका बासिन्दा जोखिममा परेकाले नदी छेउछाउमा बसोबास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न मन्त्री पुनले अनुरोध गरेका हुन्।