काठमाण्डौ । विपद् व्यवस्थापनका लागि देशभरका प्रमुख जिल्ला अधिकारीलाई गृहको सातबुँदे निर्देशन दिएको छ।
विपद् जोखिम बढेपछि गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई सातबुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले शनिबार जारी गरेको परिपत्रमा विपद् जोखिम अवस्थालाई मध्यनजर गरी तत्काल कदम चाल्न निर्देशन दिएको हो ।
मन्त्रालयले बाढीपहिरो तथा डुबानको जोखिम भएका जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई २४ सै घण्टा कार्यकक्षमा रहन निर्देशन दिएको छ ।