काठमाण्डौ  ।  खराब मौसमका कारण भारत र बंगलादेशतर्फ मोडिएका कयौं अन्तर्राष्ट्रिय विमानहरू क्रमशः काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न थालेका छन्।

विमानस्थलमा मौसम सुधारसँगै उडान सञ्चालन क्रमशः सामान्य हुँदै गएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। अन्तर्राष्ट्रिय उडान सहज बनाउनका लागि उडान समयसीमा अस्थायी रूपमा बिहान ४ बजेसम्म विस्तार गरिएको छ।

निरन्तरको वर्षा र दृश्यता कमजोर रहेका कारण आन्तरिक उडानहरू आइतबार बिहानसम्मका लागि स्थगित गरिएका छन्। यात्रुहरूलाई वैकल्पिक व्यवस्थाबारे जानकारी दिइरहेको विमानस्थल प्रशासनले जनाएको छ।