इलाम । इलाममा पहिरोले एक घर पुरिँदा दुई बालबालिकाको मृत्यु, तीन जना बेपत्ता भएका छन।
इलामको इलाम नगरपालिका वडा नं. ६ घोसमा पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ बालबालिकाको मृत्यु भएको हो । घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ । २ जना घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको स्थानीय युवा रेवज तामाङले जानकारी दिएका छन् ।
घटनामा दुई जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको इलाम प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।