इलाम ।  शनिबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी इलाममा १८ जनाको मृत्यु भएको छ । जिल्लाको विभिन्न ठाउँमा १८ जनाकाृ मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

इलाममा आएको पहिरोले १८ जनाको ज्यान लिएको छ । सूर्योदय नगरपालिका– १ मानेभञ्ज्याङमा ५, माङसेवुङ गाउँपालिका– १ पाटिगाउँमा ३, देउमाई नगरपालिका– ५ धारेमा १, देउमाई– ५ धुसुनेमा २ जनाको ज्यान गएको छ।

फाकफोकथुम गाउँपालिका– ३ रातमाटेमा १ र इलाम नगरपालिका– ५ घोसगाउँमा ६ जनाको मृत्यु भएको छ । प्रहरीले घटनास्थलमा खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी राखेको छ ।FB_IMG_1759638431582FB_IMG_1759638421661FB_IMG_1759638429126