काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ।
दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।