रौतहट— रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच गाउँमा सोमबार बेपत्ता भएका दुई बालिकाको शव आज फेला परेको छ ।

हिजो दिउँसो खेतको पानी बग्ने ठाउँमा नुहाउने क्रममा स्थानीय रामदयाल रामकी १२ वर्षीया छोरी आरती र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी बेपत्ता भएका थिए ।

बेपत्ता भएको खबर प्राप्त भएपछी त्यहाँको प्रहरी र आफन्तले निरन्तर खोजिकार्य गरिरहेका थिए । खोजीकार्यमा आरतीको शव बिहानै फेला पारेका थिए भने अन्तिमाको शव केही टाढा जलकुम्भीमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।