सर्लाही— जिल्लाको मलंगवा नगरपालिका–५, भाडसरस्थित लखनदेही खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा १८ वर्षीय ओम ठाकुर रहेका छन्।
मंगलबार बिहान ४ जना साथीहरूसँग खोलामा गएका ओम ठाकुर नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बिहान साढे ११ बजे बेपत्ता भएका ठाकुरको शव दिउँसो १ बजे खोलामै तैरिरहेको अवस्थामा फेला पारिएको हो। उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उनलाई अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए।