काठमाडौं— नेपाली कांग्रेसका निवर्तमान सांसदद्वय प्रतिमा गौतम र सपना राजभण्डारीले आफूहरूले पाएको रातो पासपोर्ट फिर्ता गरेका छन्।
सांसदको हैसियतमा प्राप्त विशेष सुविधा अन्तर्गतको रातो राहदानी आज संसद सचिवालयमार्फत राहदानी विभागमा बुझाइएको हो।
नेतृ गौतमले भनिन्, ‘सांसदको हैसियतले प्राप्त भएको सुविधा फिर्ता गरेर नागरिकको नाताले जिम्मेवारी पूरा गरेका छौं।’
रातो पासपोर्ट संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखाका उपसचिव राजु रिमालमार्फत राहदानी विभागमा बुझाइएको हो।
उनीहरूको यो कदमलाई पारदर्शिता र जवाफदेहिताको दृष्टिकोणबाट सकारात्मक संकेतका रूपमा हेरिएको छ।