काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी भूभाग तथा बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको केहि स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका केहि स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी र मधेस प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।