काठमाडौं— काठमाडौंको मीनभवनमा स्कार्पियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।

बिएबी ०३६५ नम्बरको स्कार्पियो सिभिल अस्पतालतर्फ मोड्ने क्रममा सोही दिशाबाट आएको बा ८१ प ४०१० नम्बरको मोटरसाइकलसँग ठोक्किँदा गोरखा सिरानचोकका २३ वर्षीय बालकृष्ण परियारको मृत्यु भएको हो।

दुर्घटना गएराति भएको हो भने मृतकको शव सिभिल अस्पतालमा राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए।

स्कार्पियो चालक ३४ वर्षीय कृष्ण कुमार कुइँकेल काठमाडौं कपन निवासीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धान प्रहरी वृत्त नयाँ बानेश्वरले गरिरहेको छ।