काठमाडौं— सरकारी कार्यालयहरूमा आफूलाई “जेनजी” भनेर चिनाउँदै धम्की र आतंक मचाउँदै आएका अर्जुन शाहीलाई प्रहरीले ठगी लगायतका गम्भीर आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।

शाहीले पछिल्ला केही दिनयता विभिन्न सरकारी निकाय तथा कर्मचारीहरूमाथि दबाब सिर्जना गर्दै अवैध लाभ लिने प्रयास गरेको 

प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनले सरकारी पदाधिकारीहरूलाई धम्की दिएको र सर्वसाधारणलाई ठग्ने प्रयास गरेको पुष्टि भएको बताइएको छ।

शाहीको व्यवहार र सामाजिक सञ्जालमा देखिएका गतिविधिबाट सर्वसाधारणमा समेत डर र त्रासको वातावरण सिर्जना भएको जनाउँदै प्रहरी स्रोतले थप अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको जानकारी दिएको छ।

प्रहरीले शाहीविरुद्ध साइबर क्राइम, ठगी, र सार्वजनिक पदमा रहेका व्यक्तिलाई धम्की दिएको अभियोगमा अनुसन्धान अघि बढाएको छ। यस सम्बन्धमा विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।