अभिनेता सौगात मल्लको प्रमुख भूमिका रहेको फिल्म ‘भाइरल गोर्खे’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । अब यो फिल्म आगामी माघ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको हो।

यो सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्तिलाई ब्यंग्य गर्दै बनेको फिल्म हो ।समसामयिक विषय भएकाले दर्शकले फिल्मलाई रुचाउनेमा आफू विश्वस्त रहेको निर्देशक श्रेष्ठले बताए ।

निर्माणपक्षले नयाँ मितिसँगै पोस्टर पनि सार्वजनिक गरेको छ।  सार्वजनिक पोस्टरमा सौगात र सृष्टि श्रेष्ठ फिचर्ड छन् ।

छेउमा ‘बतासले उडाई लग्यो माया मेरो’ लेखिएको छ । यसले दुई पात्रबीचको प्रेम दर्शाउँछ । ‘बतासले उडाई लग्यो माया मेरो’ बोलको गीत सोमबार सार्वजनिक हुने अपेक्षा छ ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको पनि अभिनय छ ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको फिल्मको सह–निर्मातामा भुवन अधिकारी र निखिल पौडेल छन् ।