नयाँ फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा गरिएको छ । छायाँलय फिल्मस्ले यो फिल्मको कमलादीस्थित गणेशस्थान मन्दिरमा शुभसाइत गरिएको छ ।

नोभेम्बरदेखि छायांकन सुरु हुने यो फिल्मलाई ह्वाइट एलिफन्ट मोसन पिक्चर्सको सहकार्यमा निर्माण गर्न लागिएको हो । हिमाली क्षेत्रको कठोर र भव्य परिवेशमा निर्माण गर्न लागिएको यो फिल्ममा परीक्षा लिम्बु, कर्मा, सुनील थापा, मेनुका प्रधान, साजन थापा मगर, अंकित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्याल र राहुल मुखिया मुख्य भूमिकामा छन् । 

यो फिल्मले जीवन, साहस र आशाको कथा भन्नेछ । यो फिल्मलाई सन् १९९२ को पृष्ठभूमिमा तयार गरिनेछ । एक गाउँकी युवतीले यार्सागुम्बा संकलन गर्न हिमाल चढ्ने क्रममा निर्दयी लुटेरा समूहसँग गर्नु परेपछि सुरु हुने संघर्षको कथामा यो फिल्म बन्नेछ । यो फिल्मलाई धिरज राजवंशीले लेखन तथा निर्देशन गर्दैछन् । 

फिल्ममार्फत विश्वभरका दर्शकलाई हिमालयका मानिस, भूपरिवेश र आत्माको सौन्दर्यबाट नेपालको मुटुको धड्कन गराउने योजना निर्माणपक्षको छ ।