फिल्म ‘बाटुलो जुन’को कथा सामिप्यराज तिमिल्सिनाले लेखिरहेका छन् । यो फिल्मको केही दृश्यको छायांकन दशैं अगाडि नै भइसकेको छ । फिल्मका मुख्य कलाकार नायक अनमोल केसी ‘जेरीः अन टप’को प्रचारमा व्यस्त रहेकाले अर्को सेड्यूलको छायांकन सुरु हुन पाएको छैन ।
तर, यसका लेखक सामिप्यराज तिमिल्सिनाले भने फिल्मको स्क्रिप्टको ड्राफ्ट २० पटकसम्म लेखेको बताएका छन् । फिल्मको स्क्रिप्ट सलिन पोखरेल र सामिप्यराज तिमिल्सिनाले मिलेर लेखेका हुन् ।
कथावस्तु नै त्यस्तै भएकाले यसपटक थुप्रै ड्राफ्ट तयार भएको सामिप्यको भनाई छ । अब, भने फिल्मको कथा फाइनल भएको सामिप्यले जानकारी दिए ।
यो फिल्ममा निर्माताको रुपमा भविष्य खड्काको पनि प्रवेश भइसकेको छ । फिल्ममा अनमोल केसी र प्रिन्सी खतिवडाले काम गरिरहेका छन् । फिल्मको फस्टलुक सार्वजनिक भएसँगै यसको चर्चा पनि भएको थियो ।
द सुपर काजोल फिल्मस्को निर्माणमा तयार भइरहेको फिल्मका निर्देशक भुवन केसीले कथावस्तु बलियो बनाउन कुनै कसर बाँकी नराखिएको बताए । उनले, एउटा बलियो फिल्म बजारमा आउने दाबी गरेका छन् । अनमोल केसी जापानबाट फर्किएपछि फिल्मको दोस्रो सेड्यूलको काम अगाडि बढ्ने बताइएको छ ।






































