गीतकार भूपेन्द्र बुढाथोकीको शब्द र प्रमोद खरेलको स्वर रहेको चर्चित गीत ‘धोका माथि धोका’ को फिमेल भर्सन आएको छ । गीतको फिमेल भर्सन चर्चित गायिका एलिना चौहानले गाएकी छन् ।

सुनिल बिसीको सङ्गीत रहेको गीतमा विशाल निरौलाको सङ्गीत संयोजन छ । गीतले धेरै माया गरेका व्यक्तिले धोका दिएर एक्लै पारेको बिलौना गरिएको छ । गीत एलिनाको रियल जीवनसँग मेल खाने भएकोले नै उनको स्वरमा ल्याइएको हो । 

गीतको भिडियोमा पनि एलिना नै देखिएकी छन् । प्रकाश केसीको छायाङ्कन र लक्ष्मण चौहानको सम्पादन रहेको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् ।