भोलि शुक्रबारबाट दुई नेपाली फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आउदैछ । फिल्म प्रदर्शन हुनुपूर्व नै यो फिल्महरूको अग्रिम टिकट बुकिङ खुला भएको छ । 

यी दुई फिल्म मध्य हलहरूले ‘जारी २’ लाई उच्च शो दिएका छन् । समाचार तयार गर्दासम्म ‘जारी २’ले देशको सबभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्समा ३७ शो पाएको छ । क्युएफएक्सले उपत्यकाबाहिरका हलहरूमा पनि फिल्मलाई प्राथमिकता दिएको छ ।

सोही चेनअन्तर्गत काठमाडौँभित्र ‘मन बिनाको धन’ले भने जम्मा ३ शो मात्रै पाएको छ ।त्यसैगरी, बिग मुभिजले ‘जारी २’ लाई ७ शो छुट्याउँदा ‘मन बिनाको धन’ लाई १ मात्र शो दिएको छ ।

वान सिनेमाजमा ‘जारी २’ लाई १२ शो दिइएको छ भने ‘मन बिनाको धन’ ले ३ शो मात्र पाएको छ । ‘जारी २’ २०८० को हिट फिल्म ‘जारी’को सिक्वेल हो । फिल्ममा दयाहाङ राई, मिरूना मगर, विजय बराल, बुद्धि तामाङलगायतको अभिनय छ । 

त्यस्तै ‘मन बिनाको धन’ बालगायक अशोक दर्जीले शीर्ष भूमिका रहेको फिल्म हो । फिल्मले दर्जीको जीवनकथा भन्छ । फिल्ममा अशोकसहित सरोज खनाल, नीता ढुङ्गाना, बुद्धि तामाङलगायतको अभिनय छ ।

‘जारी २’ उपेन्द्र सुब्बा निर्देशित फिल्म हो भने ‘मन बिनाको धन’ टंक बुढाथोकीले निर्देशन गरेका हुन् ।