फिल्म ‘कंगाल करोडपति’को आज औपचारिक घोषणा भएको छ । राजु श्रेष्ठको निर्माण तथा निर्देशनमा बन्न लागेको यो फिल्ममा कैफ खानको लगानी रहनेछ । लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय राजुको यो डेब्यू निर्देशन हो ।

सिनेमा पाठशालाको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा सुमन गजमेरको कथा, पटकथा तथा संवाद रहेको छ।  यो फिल्ममा उमर खान र पदम लोहोर मुख्य भूमिकामा छन् । उमरले फिल्म क्षेत्रमा ‘होस्टेल ३’बाट डेब्यू गरेका थिए । फिल्मका कार्यकारी निर्माता मनोज केसी हुन् ।

अन्य कलाकारहरूलाई पनि चाँडै फाइनल गर्ने तयारी निर्माणपक्षको छ । फागुन महिनाबाट छायांकनमा जाने यो फिल्मले एउटा सामान्य मान्छे करोडपति र करोडपति बनेपछि कसरी कंगाल बन्छ भन्ने कथालाई प्रस्तुत गर्नेछ । 

कार्यक्रममा बोल्दै कलाकार खानले आफूलाई दर्शकले माया गर्ने विश्वास व्यक्त गरे । कथावस्तु निकै राम्रो लागेपछि काम गर्न आफू तयार भएको उनको भनाई छ ।