अभिनेत्री रीमा विश्वकर्मा कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बनेकी छन्। पार्टीको ५१ जना पदाधिकारीको विवरणमा बर्दियाकी रीमाको नाम पनि उल्लेख छ । बुधबार अपरान्ह मात्र रीमाले हस्ताक्षर गरेकी छिन् ।

बुझिएअनुसार, रीमा औपचारिकरुपमा पार्टीको केन्द्रीय सदस्य बनेकी हुन्। स्रोतका अनुसार रीमाले बुधबार अपरान्ह मात्र नाममा साइन गरेकी थिइन् । 

यसबाहेक, यो पार्टीमा डकुमेन्ट्री फिल्ममेकर तथा रियालिटी शोका निर्माता श्री गुरुङ र फिल्ममेकर किरण विक पनि सदस्य छन् ।

पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरि ‘उज्यालो नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता हुने तयारीमा छ ।