झापा  ।  निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको प्रदर्शनरत फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार निर्माण कम्पनी बाँसुरी फिल्मस्ले सार्वजनिक गरेको गीत ‘युमा हजुरी’मा मनोज थापा मगरको सङ्गीत कम्पोज तथा हर्क साउदको शब्द छ । गीतमा संगीतकार मनोज थापा मगर र सुनिता थेगिमको स्वर छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मले बक्सअफिसमा कति व्यापार गर्‍यो अहिले  सार्वजनिक भएको छैन  । गत मङ्गलबारबाट यो फिल्मको निर्माण टिमले ‘डिरेक्टर्स कट’ प्रदर्शनमा ल्याएको छ ।

लिम्बु समुदायको कथामा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको मुख्य भूमिका छ । फिल्ममा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।