काठमाडौं— बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् । उनलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

जेठी श्रीमतीको जाहेरीको आधारमा पक्राउ परेका नेपाललाई थुनामा राखेर प्रहरीले अनुसन्धान थालेको छ । पक्राउ परेलगत्तै सेवाबाट निलम्बनमा परेका उनको जेठी श्रीमतीबाट एउटा छोरी र कान्छीबाट दुई छोरी छन् ।