काठमाडौं— सहकारी ठगी मुद्धामा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको पेशी आज पनि स्थगित भएको छ ।
न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा आज हेर्न नमिल्नेमा राखिएको हो । न्यायाधीश सागर विष्टको आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारणले स्थगित गरिएको बताइएको छ ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेसी कात्तिक १३ गते पछि निरन्तर सरिरहेको छ ।






































