फिल्म ‘शिरजरा’ निर्माण हुने भएको छ । नेपालको फिल्म निर्माण संस्था किङ्गडम नेटवर्कसँग अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मसले सहकार्य गर्दै यो फिल्म निर्माण गन लागेको हो ।

यो फिल्मका निर्माण सुवास भुसाल (नेपाल) हुन् । फिल्मको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् भने पोल्याण्डमा पोष्ट–प्रोडक्सनको काम हुनेछ । फिल्म लेखकको रूपमा परिचित सुवेदी यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । सुवेदी र भुसालले यस अघि लेखक र निर्माताको रूपमा फिल्म ‘पुजार सार्की’मा सहकार्य गरेका थिए ।

मेटा–मोर्डन फिलोसोफिकल ड्रामा जनारामा निर्माण हुने बताइएको फिल्मको कथा कथा भने खुलाइएको छैन । 

विकास सुवेदीको लेखन तथा निर्देशन रहने फिल्मको हाल प्रि–प्रोडक्सनको काम भइरहेको । फिल्मको छायाङ्कन फेब्रुअरी २०२६ देखी शुरु हुनेछ । फिल्मका कलाकार तथा प्राविधिकबारे छिट्टै एक कार्यक्रम सहित जानकारी दिने निर्देशक सुवेदीले बताए ।