महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन : नीशा अधिकारी

220 Shares
alt

काठमाडौं –  अभिनेत्री तथा काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार नीशा अधिकारीले महिला उम्मेदवारमाथि प्रयोग गरिने घृणात्मक र अपमानजनक शब्दहरू व्यक्तिगत आलोचना नभई समाजमा गहिरो रूपमा जरा गाडेको महिला–विरोधी सोचको प्रतिबिम्ब भएको बताएकी छन् ।

गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार अधिकारीले सामाजिक सञ्जालमा लेख्दै यस्ता शब्द र अभिव्यक्तिलाई असहमति वा बहसको रूपमा लिन नसकिने उल्लेख गरेकी छन् । उनले यो सार्वजनिक जीवनमा सक्रिय महिलालाई डराउन, चुप गराउन र राजनीतिबाट हटाउन प्रयोग गरिने हिंसात्मक भाषा भएको बताएकी छन् ।

अधिकारीले आफूले पाएको समर्थन, विश्वास र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै त्यसले घृणाभन्दा ठूलो शक्ति आशा र एकता भएको प्रमाणित गरेको बताइन् । साथै उनले महिलालाई अपमान गरेर राजनीति शुद्ध नहुने, लोकतन्त्र बलियो नबन्ने र समाज अगाडि नबढ्ने स्पष्ट धारणा राखिन् ।

उनले लेखेकी छन्, ‘महिला उम्मेदवारमाथि प्रयोग गरिने घृणात्मक र अपमानजनक शब्दहरूले महिलाको हैसियत होइन, हाम्रो समाजमा गहिरो गरी जरा गाडेको महिला–विरोधी सोच प्रतिबिम्बित गर्छ। यस्तो भाषा असहमति होइन। यो बहस होइन। यो शक्ति र डरबाट जन्मिएको, महिलालाई सार्वजनिक जीवनबाट हटाउन, डराउन र चुप गराउन प्रयोग गरिने हिंसा हो ।’

समर्थकलाई सम्बोधन गर्दै उनले घृणाभन्दा धेरै ठुलो शक्ति, आशा र एकता भएको तर्क गरेकी छिन् । उनले भनेकी छिन्, ‘महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन । लोकतन्त्र बलियो हुँदैन । समाज अगाडि बढ्दैन ।’


सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.