काठमाण्डौ  ।  सरकारले सशस्त्रका प्राविधिकतर्फका दुई डिआईजीको म्याद थप गरेको छ ।

मद्धति तथा सेवा निर्देशनालयका प्रमुख डिआईजी इन्जिनियर सन्दीप थापा र सशस्त्र अस्पतालका प्रमुख डा. रुपक महर्जनको एक वर्ष म्याद आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले थप गरेको जनाइएको छ ।  सशस्त्र नियवमालीअनुसार ४ वर्षको रहने सशस्त्र डिआईजीको पदावधिमा एक वर्ष थप गर्न सकिने प्रावधान छ ।

सशस्त्र प्रहरिका दुबै डिआइजीको एकवर्ष पदावधि थपिएको हो । यससँगै उनीहरु २०८३ को चैत ५ सम्म सशस्त्रमै काम गर्न पाउने भएका छन् ।