काठमाडौं— अवैध लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवनकी ४० वर्षीया सपना गुप्ता, तनहुँका ४२ वर्षीय लुज शाक्य र २२ वर्षीय पोखराका जोशिल बानिया रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई चैत ५ गते पक्राउ गरेको थियो । काठमाडौंको सुन्धारास्थित होटल न्यु निप्पोनको कोठा नं ३०१ मा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कार्यालयको टोली त्यहाँ पुगेको थियो । त्यहाँबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको कार्यालयका प्रवक्ता एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

एसपी भट्टका अनुसार उनीहरुको साथबाट ८० ग्राम खैरो हेरोइन, एसटी लेखिएको डिजिटल तराजु एक थान, २ लाख ९४ हजार ९ सय रुपैयाँ नगद, विभिन्न कम्पनीका मोबाइल ४ थान र आईप्याड १ थान लगायतका वस्तुहरु बरामद गरिएको छ ।