काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले साझा यातायातसँग सहकार्यमा २०८३ वैशाख १ देखि साँझ ८ बजे–राति ११ बजे रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ। सेवा सुरक्षा र सहजताका लागि सीसीटिभी क्यामरा र नगर प्रहरीसहित दुई रुटमा ४ विद्युतीय बस सञ्चालन हुनेछन्।
साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने बसहरू हरेक २० मिनेटको अन्तरमा आउनेछन् भने बसमा सीसीटिभी क्यामेराका साथै सुरक्षाका लागि नगर प्रहरी समेत रहनेछन् । रुट-१ः ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र ।
रुट-२ः थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म ।






































